एजेन्सी । घरेलु टोली दक्षिण अफ्रीकाले पाकिस्तानविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा जित निकालेको छ । शुक्रबार राति भएको खेलमा दक्षिण अफ्रीकाले पाकिस्तानलाई डिएल पद्दतिको आधारमा १३ रनले हराएको हो ।
सेञ्चुरियनमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३१७ रन जोड्दै घरेलु टोलीलाई ३१८ रनको लक्ष्य दिएको थियो । पाकिस्तानले दिएको ३१८ रनको लक्ष्यसहित घरेलु टोलीले जवाफी ब्याटिङ गरिरहदा वर्षाले खेल पटक पटक प्रभावित गरेको थियो ।
बर्षाको कारण खेल रोकिनु अघि दक्षिण अफ्रीकाले ३३ ओभरमा २ विकेट गुमाएर १८७ रन जोडेको थियो । त्यसपछि खेल भएन र डिएलको आधारमा दक्षिण अफ्रीकाले ३३ ओभरमा १७५ रनको नयाँ लक्ष्य पाउदै १३ रनको जित निकाल्यो । दक्षिण अफ्रीकाका लागि रिजा हेन्ड्रीक्सले अविजित ८३ तथा फाप डु प्लेसिसले अविजित ४० रन जोडे । पाकिस्तानका हसन अलीले १ विकेट लिए ।
यसअघि इमाम उल हकले शतकीय इनिङस खेलेपछि पाकिस्तानले उच्च योगफल तयार गरेको थियो । पाकिस्तानका लागि उल हकले १०१ रनको योगदान गरे । यस्तै बाबर आजमले ६९ तथा मोहमद हाफिजले ५२ रनको अर्धशतकीय इनिङस खेले । दक्षिण अफ्रीकाका डेल स्टेन र कागीसो राबादाले समान २/२ विकेट लिए ।
यो जितसंगै घरेलु टोलीले पाकिस्तानविरुद्धको पाँच खेलको एकदिवसीय सिरिजमा २ - १ को अग्रता बनाएको छ ।