काठमाडौं। सुरुआती अग्रता जोगाउन नसक्दा विभागीय टोली एपिएफ क्लबले एन्फा यु–१६ युथ लिगमा अंक बाँडेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन खेलमा एपिएफले संकटा फुटबल क्लबसँग १–१ को बराबरी खेलेको हो।
बराबरीसँगै एपिएफले तीन खेलबाट सात अंक पुर्याएको छ। एपिएफले पहिलोपल्ट अंक बाँडेको हो। संकटाले तीन खेलबाट पाँच अंक पुर्याएको छ।
२८औं मिनेटमा उत्सव थापको गोलमार्फत एपिएफले सुरुआती अग्रता लिएको थियो। तर, उक्त अग्रता निर्धारित समय सकिन २० मिनेट बाँकी रहँदा पेम्बा थापाले एपिएफबाट अंक खोसे।
जितसँगै पुलिसले तीन खेलमा सात अंक जोडेको छ। मच्छिन्द्रको यो पहिलो हार हो। समान खेलबाट मच्छिन्द्रले ६ अंक पुर्याएको छ।
२४औं मिनेटमा सौगातकुमार बम्जोमको गोलमार्फत मच्छिन्द्रले सुरुआती अग्रता लिएको थियो। तर, दोस्रो हाफमा पुलिसले पुनरागमन गर्दै दुई गोल गर्यो।
दोस्रो हाफको तेस्रो मिनेटमै समीर राईले गोल गर्दै पुलिसलाई खेलमा फर्काए। त्यसको १० मिनेटपछि नै नशिम हेम्जनले अर्को गोल गर्दै पुलिसको जित पक्का गरे।