बुधबार, कार्तिक २७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

तमीमले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

शनिबार, पुष २७, २०८१खेलपाटी संवाददाता
तमीमले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
Classic Tech Internet Ad

काठमाडौं। बंगलादेशका पूर्वकप्तान तमीम इकबालले शुक्रबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। ३५ वर्षीय स्टार खेलाडीले आफ्नो फेसबुक पोस्टमार्फत भनेका छन्, ‘यो अध्याय समाप्त भयो।’

तमीमले अन्तर्राष्ट्रिय क्रिकेटमा १५ हजारभन्दा बढी रन बनाएका छन् र बंगलादेशका लागि सबै फर्म्याटमा सर्वाधिक २५ शतक प्रहार गरेका छन्। आगामी महिना हुने च्याम्पियन्स ट्रफीका लागि उनी टोलीमा फर्कने चर्चा चलेको थियो।

तर, सन् २०२३ को सेप्टेम्बरमा राष्ट्रिय टोलीबाट अन्तिमपल्ट खेलेका तमीमले अब आफ्नो ध्यान फ्रेन्चाइज क्रिकेटमा केन्द्रित गर्ने निर्णय गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘म अन्तर्राष्ट्रिय क्रिकेटबाट लामो समय टाढा बसेको छु। त्यो दूरी अब कम हुने छैन। मेरो अन्तर्राष्ट्रिय क्रिकेटको अध्याय समाप्त भयो।’

तमीमले सन् २००८ मा टेस्ट क्रिकेटमा डेब्यू गरेका थिए। त्यसअघि सन् २००७ मा उनले ओडिआई र टी–२० क्रिकेटमा डेब्यू गरेका थिए। आफ्नो करियरमा उनले ७० टेस्ट, २४३ ओडिआई र ७८ टी–२० खेल खेल्दै सबै फर्म्याटमा शतक बनाएका छन्। तमीमले सन् २०२३ मा पनि एकपटक अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए।

तर, त्यसबेला बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको व्यक्तिगत हस्तक्षेपपछि उनले निर्णय फिर्ता लिएका थिए। तर, उनलाई सोही वर्षको वर्ल्डकप टोलीबाट बाहिर राखिएको थियो। कप्तान शाकिब अल हसनले तमीमलाई ‘पूरै बालसुलभ’ भनेर आलोचना गरेका थिए।

यसै हप्ता तमीमले राष्ट्रिय छनोटकर्तासँग भेटघाट गरेका थिए, जसले उनलाई च्याम्पियन्स ट्रफीका लागि टोलीमा फिर्ता ल्याउने तयारी गरिरहेका थिए। बंगलादेशका वर्तमान कप्तान नजमुल हसन सान्तोले पनि तमीमलाई टोलीमा फर्काउन इच्छा व्यक्त गरेका थिए।

तर, तमीमले भने, ‘मैले यस विषयमा धेरै समयदेखि सोचिरहेको थिएँ। च्याम्पियन्स ट्रफीजस्तो ठूलो प्रतियोगिता अघि फेरि मबारे चर्चा हुन नदिउँ र टोलीको ध्यान अन्यत्र मोडिन नदिउँ भन्ने मेरो चाहना हो।’

उनले थपे, ‘कुनै पनि खेलाडीलाई खेल्न वा सन्यास लिन पाउने अधिकार हुन्छ। मैले आफूलाई समय दिएको थिएँ। अब मैले महसुस गरें, यो समय आएको छ।’ हाल तमीम बंगलादेश प्रिमियर लिग (बिपिएल) मा सिलेटबाट खेलिरहेका छन्। च्याम्पियन्स ट्रफी फेब्रुअरी १९ देखि पाकिस्तान र दुबईमा आयोजना हुँदैछ। बंगलादेश समूह ‘ए’ मा भारत, पाकिस्तान र न्युजिल्यान्ड छन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

Bajaj Pulsar Motorcycle Ad
कर्णालीको सहज जित

कर्णालीको सहज जित

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

एरोनले दिलाएको अग्रता जोगिएन

एरोनले दिलाएको अग्रता जोगिएन