काठमाडौं। बायर लेभरकुजेनले शुक्रबार बोरुसिया डर्टमन्डलाई ३–२ ले पराजित गर्दै २०२५ को पहिलो बुन्डेसलिगा खेलमा उत्कृष्ट सुरुआत गरेको छ। यो जितले बुन्डेसलिगा उपाधि रक्षा गर्न होडमा लेभरकुजेनलाई पुनरागमन गराएको छ।
नाथन टेल्लाले खेल सुरु भएको २५ सेकेन्डमै गोल गर्दै लेभरकुजेनलाई सुरुआती अग्रता दिलाएका थिए, जुन बुन्डेसलिगा २०२५ को पहिलो गोल रह्यो। डर्टमन्डका ६ खेलाडी बिरामी भएर कारण उपस्थित हुन सकेका थिएनन्। त्यसैले टोलीको रक्षापंक्ति कमजोर देखियो। लेभरकुजेनले आफ्ना तीनवटै प्रहारमा गोल गर्न सफल रह्यो।
यो जितसँगै लेभरकुजेन तालिकाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखसँग एक अंकले मात्र पछाडि छ। १५ खेलमा ३६ अंक जोडेको बायर्नले शनिबार बोरुसिया म्युनशेनग्लाडबाखसँग खेल्ने तय छ, तर उसको आफ्नै खेलाडी घाइते छन्।
लेभरकुजेनका प्रशिक्षक जाबी अलोन्सोले आफ्नो रियल मड्रिडका पूर्वसहकर्मी नुरी साहिनको डर्टमुन्डमाथि जित हात पारे। छैटौं स्थानमा रहेको डर्टमुन्ड यस साता अन्य टिमहरूको नतिजामा भर पर्ने भएकाले १०औं स्थानसम्म खस्किन सक्छ।
‘हामी धेरै सन्तुष्ट छौं, धेरै गर्व छ। यहाँ जित निकाल्नु निकै कठिन थियो,’ अलोन्सोले भने, ‘हाम्रो अनुशासन र अन्तिम मिनेटसम्म लड्ने मानसिकताका कारण जित सम्भव गर्यौं।’
प्याट्रिक शिकले आठौं मिनेटमा अर्को गोल गरे। १२औं मिनेटमा जेमी गिटेन्सले घरेलु टोलीलाई २–१ को स्थितिमा ल्याए। तर, १९औं मिनेटमा प्याट्रिकले अर्को गोल थप्दै अग्रता ३–१ मा पुर्याए। बुन्डेसलिगाका पछिल्ला सात खेलमा उनको यो १२ गोल पुर्याए। यो प्रदर्शनले लेभरकुजेनले घाइते स्ट्राइकर भिक्टर बोनिफेसको अनुपस्थितिमा कमी महसुस हुन दिएको छैन।
‘हामीले एक उत्कृष्ट प्याट्रिकलाई देखिरहेका छौं। उसको सुधार गर्ने इच्छाशक्ति अविश्वसनीय छ र हामीलाई उसको आवश्यकता छ,’ अलोन्सोले भने। डर्टमन्डले खेलमा ७० प्रतिशत बल कब्जा राखे पनि कमजोर रक्षापंक्तिले लेभरकुजेनका छिटो काउन्टर आक्रमणहरूलाई रोक्न सकेन।
७९औं मिनेटमा लेभरकुजेनका एडमन्ड टाप्सोबाले गरेको गल्तीका कारण डर्टमन्डलाई पेनाल्टी दिइएको थियो, जसलाई सेरहो गुइरासीले गोलमा परिणत गरेपनि ३–२ को हार बेहोर्न बाध्य भयो