काठमाडौं। दीपेन्द्रसिंह ऐरीसहित नेपाली राष्ट्रिय टोलीका ६ खेलाडी पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा परेका छन्।
पाकिस्तान क्रिकेट बोर्डका अनुसार आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुल्शनकुमार झा र सोमपाल कामी ड्राफ्ट्टमा परेका हुन्। यी ६ खेलाडी सिल्भर क्याटोगोरीमा परेका हुन्।
सन् २०२१ को पिएसएल ड्राफ्टमा पनि सन्दीप लामिछाने र सोमपालसहित ११ खेलाडी थिए। प्लाटिनममा सन्दीप र गोल्ड क्याटेगोरीमा विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी ड्राफ्टमा परेका थिए।
सोमपालसहित सुशन भारी, शरद भेषावकर, सुवास खकुरेल, ललितनारायण राजवंशी, पवन सरार्फ, बसन्त रेग्मी, विक्रम सोब र सहाब आलम भने सिल्भर क्याटेगोरीमा थिए। तर, कोही बिकेका थिएनन्।
गत वर्ष भने नेपालबाट आठ खेलाडी पीएसएलको अन्तिम ड्राफ्टमा परेका थिए। देव, आसिफ, आरिफ शेख, अर्जुन, दीपेन्द्र, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल परे पनि विक्री भएका थिएनन्।
पिएसएलमा इस्लामाबाद युनाइटेड, कराँची किङ्स, लाहोर ग्लाडर्स, मुल्तान सुल्तान, पेसेवर जल्मी, क्वेटा ग्लाडियटर्स गरि ६ टिम सहभागी छन्।