काठमाडौं। आयोजक कुसुन्ती युवा क्लब ‘ए’ ले दोस्राे ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता सोमबार विजयी सुरुआत गरेको छ। जावलाखेल मैदानमा कुसुन्तीले बीबीसी सिंगापुर भेट्रानलाई १–० गोलले पराजित गर्यो।
अन्य खेलमा फ्रिडम ‘ए’ ले सइबु भेट्रानलाई ५–०, फ्रिडम ‘बी’ ले टासी एन्ड फ्रेन्ड्स भेट्रानलाई १–० र आईयुएफसी भेट्रानले केभीसी ३२ लाई ३–० गोलले हराए।
प्रतियोगितामा ३० टिम सहभागी। विजेताले २ लाख तथा उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन्। उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र ‘म्यान अफ द सिरिज’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ।
एट ए साइड प्रतियोगितामा सहभागी टिमले ४० वर्षमाथिका ४, ४५ वर्षमाथिका ३ र ५० वर्षमाथिका १ खेलाडी सामेल गर्नु पर्ने छ। फाइनल पुस २९ गते हुनेछ।