काठमाडौं। महिला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार धनगढीस्थित फाफ्ला क्रिकेट मैदानमा प्रतियोगिता आयोजना हुने जानकारी दिँदै खेल तालिका सार्वजनिक गरेको हो।
क्यानका अनुसार माघ १ गते सुदूरपश्चिमले गण्डकी प्रदेशसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। झन्डै आधा महिना चल्ने प्रतियोगितामा यी दुई टोलीबाहेक त्रिभुवन आर्मी, एपिएफ, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश र मधेस प्रदेश भिड्ने छन्। सहभागी ९ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह १ मा सुदूरपश्चिम र गण्डकीसँगै एपिएफ, कर्णाली र लुम्बिनी छन्। अर्को समूहमा कोशी, बागमती, मधेस र आर्मी छन्।