एजेन्सी । चार दिनदेखि जहाज हराएर वेपत्ता रहेका अर्जेन्टाईन खेलाडी इमिलानो सालाको खोजी जारिराख्न भैरहेको बहसलाई मेस्सीले पनि समर्थन गरेका छन्।
सोमबार देखि बेपत्ता रहेको हवाईजहाजको लगातार तीन दिन सम्म खोजी गर्दा पनि नभेटिए पछि बिहिबार खोजी कार्य बन्द गरिएको थियो।
केहि दिन अघि मात्र नान्टेसबाट कार्डिफमा सरुवा भएका सालाको खोजी कार्य जारि राख्न पर्ने जनाउँदै उनको पुर्व क्लब लगायत खेलाडीहरुले समाजिक संजालमा पोस्ट गरेका छन्।
नान्टेस लेख्छ ,' यो खोजी कार्य रोकिन हुँदैन। ' त्यस्तै मेस्सीले भने ,' जहिलेसम्म सम्भावना र झिनो आशा मात्र भएपनि बाँकी रहन्छ खोजी कार्य रोकिनु हुँदैन। ' उनले थपे ,' उनको परिवार र समर्थकहरुलाई सधैँ मेरो साथ रहने छ। '
अर्जेन्टिनाकै अर्का फरवार्ड सर्जियो अगुईरोले पनि खोजी कार्य जारी राख्न पर्ने भन्दै ट्वीटरमा अर्जेन्टाईन भाषामा #NoDejenDeBuscar लेखेका छन्। जसको अंग्रेजीमा अर्थ हुन्छ ,' डु नट स्टप सर्चिङ्ग।'