निजगढ। नेपाल आर्मी क्लबले जय शाह ट्रफी इलिट कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई पछ्याइरहेको छ।
वीरगन्जको नारायणी रंगशालामा भएको पहिलो दिनको खेलमा १८ रनले पछि परेको खेलमा पुलिसले आर्मीलाई पछ्याइरहेको हो। पहिलो इनिङ्स ब्याटिङ गरेको खेलमा आर्मीले ३४.४ ओभरमा अलआउट हुँदै १२४ रन बनायो।
आर्मीको कुशल मल्लले ३८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २५ रन बनाए। आर्मीका ब्याटरहरुलाई दबाबमा राख्दै पुलिसका ललित नारायण राजवंशी एक्लैले ७ विकेट हात पारे।
१४.४ ओभर बलिङ गरेका ललितले ४ मेडन राख्दै ४७ रन खर्चिएर ७ विकेट लिएका हुन्। पुलिसका लागी अन्य बलरहरू कुशल भुर्तेल, श्रवण यादव र रसिद खानले समान १/१ विकेट लिए।
दोस्रो इनिङ्स ब्याटिङ गरेको पुलिसको लागि गुल्सनकुमार झाले ३ छक्का र १ चौका प्रहार गर्दै अविजित रहेर ३४ रन बनाएका छन्। पहिलो दिनको खेल समाप्तिमा पुलिसले ७ विकेट गुमाएर १०३ रन बनाएर ब्याटिङ गरिरहेको छ। पुलिसका गुल्सन र प्रेम तामाङले क्रिजमा छन्।