निजगढ। जय शाह इलिट कप क्रिकेट प्रतियोगिताको पहिलो दिन बागमती मधेस प्रदेशसँग ६८ रनले पछाडि परेको छ।
जनकपुरधामस्थित प्रस्तावित रामजानकी बहुउद्देश्यीय रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको मधेसले पहिलो इनिङ्समा ३५.३ ओभरमा अलआउट हुँदै १०२ रन बनायो।
मधेसका मयन यादवले ३६ बलको सामना गर्दै एक छक्का र एक चौकाको मद्दतमा २१ रन बनाए। मधेसलाई सस्तैमा समेट्न बागमतीका कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिए।
१४ ओभर बलिङ गरेका सन्दीपले दुई ओभर मेडन राख्दै ४१ रन खर्चिए। सूर्य तामाङले तीन विकेट लिए भने नन्दन यादव र प्रतिश जीसीको नाममा समान १/१ विकेट रह्यो।
दोस्रो इनिङ्समा बागमतीले ब्याटिङ गरिरहेको। पहिलो दिनको खेल सकिँदा बागमतीले १३.२ ओभरमा दुई विकेट गुमाएर ३४ रन बनाएको छ। बागमतीका शुभ कंसकार २२ रन र इशान पाण्डेले ९ रन बनाएर क्रिजमा छन्।