काठमाडौं। पूजा महतोको कप्तानीमा नेपालले आइसिसी यु-१९ महिला विश्वकप खेल्ने भएकाे छ।
नेपाल क्रिकेट संघ (क्यान)ले शनिबारबार १५ सदस्यीय टोली घोषणा गरेकाे हाे। नेपालले एसिया छनोटको च्याम्पियन बन्दै माघ ५ देखि २० सम्म मलेसियामा हुने विश्वकपमा स्थान बनाएको थियो।
प्रतियोगिताका लागि नेपाली टोली पुस २७ मा मलेसियातर्फ जाने तालिका छ। १६ टोली सहभागी हुने विश्वकपको समूह ‘डी’ मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन्। नेपालले माघ ५ मा बंगलादेशसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछन्।
नेपाली टोली
पूजा महतो (कप्तान), साना प्रविन, ज्योत्सनिका मरासिनी, सोनी पाख्रिन (उपकप्तान), कुसुम गोदार, सावित्रा धामी, किरणकुमारी कुँवर, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक, अनु कडायत