काठमाडौं। बोर्डर–गावस्कर ट्रफीको पाँचौं टेस्टमा भारतले घरेलु टोली अस्ट्रेलियासँग १४५ रनको अग्रता लिएको छ। शनिबार दोस्रो दिनको खेल सकिँदा टिमले ६ विकेट गुमाएर १४१ रन बनाएको थियो। रविन्द्र जडेजा आठ रन र वासिङ्टन सुन्दर ६ रनमा अविजित फर्किए।
सिड्नीमा भएको खेलमा भारतीय टोलीका तर्फबाट ऋषभ पन्तले ३३ बलमा सर्वाधिक ६१ रन बनाए। यशस्वी जसवालले २२ रन योगदान गरिन्। केएल राहुल र शुभमन गिलले १३–१३ रन बनाउन सके। विराट कोहलीले ६ रन बनाए। स्कट बोल्यानले सर्वाधिक चार विकेट लिए।
टि ब्रेकअघि अस्ट्रेलिया पहिलो इनिङ्समा १८१ रनमा अलआउट भएको थियो। यहाँ भारतले पहिलो इनिङ्समा चार रनको अग्रता लिएको थियो। भारतले पहिलो इनिङ्समा १८५ रन बनाएको थियो। अस्ट्रेलियाका लागि डेब्यु खेल खेल्दै आएका बेउ वेबस्टरले सर्वाधिक ५७ रन बनाए। स्टिभ स्मिथले ३३ र साम कोन्स्टासले २३ रन बनाए।
प्रसिद्ध कृष्ण र मोहम्मद सिराजले ३–३ विकेट लिए। जसप्रित बुमराह र नितिश रेड्डीले २–२ विकेट लिए।