काठमाडौं। भारतीय कप्तान जसप्रित बुमराह शनिबार सिड्नी टेस्टको दोस्रो दिनको खेल छाडेर मैदान बाहिर निस्किएका छन्।
उनलाई ‘स्क्यानिङ’ का लागि लगिएको छ। मिडिया रिपोर्टका अनुसार उनले ‘साइड स्ट्रेन’ को गुनासो गरिरहेका छन्। बुमराहको अनुपस्थितिमा विराट कोहलीले कप्तानको जिम्मेवारी सम्हालिरहेका छन्।
दोस्रो दिनको खाजापछि बुमराहले एक ओभर बलिङ गरे। त्यसपछि उनले केही अप्ठ्यारो महसुस गरे र कोहलीसँग कुरा गरेपछि मैदानबाट बाहिरिए। त्यसपछि प्रसारकले उनीसँगै टोली सुरक्षा सम्पर्क अधिकृत अंशुमान उपाध्याय र टोली चिकित्सक स्टेडियमबाट बाहिर निस्किएको देखाएको थियो।
बुमराहले यस शृंखलामा अहिलेसम्म पाँच खेलमा १५२ ओभर बलिङ गर्दै सर्वाधिक ३२ विकेट लिएका छन्। उनले यस खेलमा १० ओभरमा ३३ रन दिएर दुई विकेट लिएका छन्।