काठमाडौं। बोर्डर–गावस्कर ट्रफीअन्तर्गत पाँचौं टेस्टको पहिलो दिन जसप्रित बुमराह र अस्ट्रलियाका युवा ओपनर साम कोन्स्टासबीच चर्काचर्की भएको छ।
बुमराहले ओभरको पाँचौं बलमा बलिङ गर्न रनअप लिइरहेका थिए। त्यतिखेर उस्मान ख्वाजा स्ट्राइकमा थिए, जो तयार भएनन् र उनले बुमराहलाई रोक्न भने।
योसँगै बुमराह रिसाएका थिए र त्यसपछि नन–स्ट्राइकमा उभिएका कन्स्टाससँग बहस गर्न थाले। यसपछि अम्पायरहरू आएर हस्तक्षेप गर्नुपरेको थियो। अर्को बलमा अर्थात ओभरको अन्तिम बलमा ख्वाजालाई बुमराहले स्लिपमा केएल राहुललाई दुई रनमा क्याच गराए।