काठमाडौं। बोर्डर–गावस्कर ट्रफीअन्तर्गत पाँचौं टेस्टको पहिलो दिन घरेलु टोली अस्ट्रेलिया १७६ रनले पछि परेको छ। पहिलो इनिङ्समा भारत १८५ रनमा अलआउट भएको थियो।
शुक्रबारको खेल सकिँदासम्म अस्ट्रेलिया ९/१ को स्थितिमा छ। उस्मान ख्वाजाले २ रन बनाए। साम कोन्स्टास ७ रनमा अविजित छन्।
जसप्रित बुमराह र युवा ओपनर साम कोन्स्टासबीच विवाद भएको थियो। यो बहसलगत्तै बुमराहले उस्मान ख्वाजा (२ रन) लाई पभिलियनको बाटो देखाए। भारतका लागि ऋषभ पन्तले सर्वाधिक ४० रन बनाएका थिए। रविन्द्र जडेजा २६ रनमा आउट भए। यस्तै, शुबमन गिलले २० र विराट कोहलीले १७ रनको योगदान दिए।
अस्ट्रेलियाका स्कट बोल्यानले ४ र मिचेल स्टार्कले ३ विकेट लिए। प्याट कमिन्सले २ विकेट लिए। एक विकेट नाथन लियोनको नाममा रह्यो।