काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर आरिफ शेख बिबाह बन्धनमा बाँधिएका छन्।
पर्साको वीरगन्ज महानगरपालिका– १२ मुली नयाँ टोल निवासी क्रिकेटर २६ वर्षीय आरिफले सबाना खातुनसँग बिहीबार मुस्लिम परम्पराअनुसार विवाह गरेका हुन्।
हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल)मा आरिफ सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए। सुदूरपश्चिम उनकै भाइ आसिफको कप्तानीमा रहेको जनकपुर बोल्ड्ससँग फाइनलमा पाँच विकेटले पराजित भएको थियो।
आरिफ सन् २०१४ देखि नेपाली टोलीमा आबद्द छन्। उनले नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्दै आएका छन्।