काठमाडौं। विमला चौधरीको दुई गोलसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिग फाइनल राउन्डमा विजयी सुरुआत गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो खेलमा आर्मीले बागमती युथ क्लबमाथि २-० को नतिजा निकालेको हो। विमलाले खेलको २५औं मिनेटमा आर्मीलाई सुरुआती अग्रता दिलाएकी थिइन्।
७१औं मिनेटमा अर्को गोल थप्दै एकपक्षीय जित पक्का गरिन्।