काठमाडौं। मुम्बईका आयुष म्हात्रे लिस्ट ए क्रिकेटमा १५० रन बनाउने सबैभन्दा कान्छा ब्याट्सम्यान बनेका छन्। उनले विजय हजारे ट्रफीमा नागाल्यान्डविरुद्धको खेलमा १७ वर्ष १६८ दिनको उमेरमा यो उपलब्धि हासिल गर्दै यशस्वी जयसवालको कीर्तिमान तोडेका हुन्।
मुम्बईका जसवालले २०१९ विजय हजारे ट्रफीमा झारखण्डविरुद्ध १७ वर्ष २९१ दिनको उमेरमा यो कीर्तिमान बनाएका थिए। यस इनिङ्समा उनले ११७ बलको सामना गर्दै ११ छक्का र १५ चौकाको मद्दतले १८१ रन बनाएका थिए। जसका कारण उनको टोलीले ५० ओभरमा सात विकेट गुमाएर ४०३ रनको ठूलो स्कोर बनाएको थियो। म्हात्रेले सोही सिजनमा मुम्बईका लागि प्रथम श्रेणीमा डेब्यु गरेका थिए र आफ्नो उत्कृष्ट प्रदर्शनको मद्दतले नियमित सदस्य बनेका छन्।
डेब्यु सिजनमा उनको नाममा दुई फर्स्ट क्लास र एउटा लिस्ट ए शतक भने उनले दुबै ढाँचामा एक एक अर्धशतक पनि बनाएका छन्। उनी भर्खरै सम्पन्न अन्डर-१९ एसिया कपमा पनि भारतीय टोलीमा थिए , जहाँ उनले लगातार दुई अर्धशतक बनाए। तर, उनी भारतको घरेलु टी–२० प्रतियोगिता सैयद मुश्ताक अली ट्रफीमा सहभागी हुन पाएनन्।