काठमाडौं। कोशी प्रदेशको आस्था कलेजले इ–प्लानेट नेसनल हाइस्कुल च्याम्पिनसिप खेल्ने भएको छ।
इटहरीस्थित जनता क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनलमा सुष्मा गोदावरीलाई सात विकेटले पराजित गर्दै आस्थाले कोशी प्रदेशबाट प्रतियोगितामा स्थान बनाएको हो। प्रतियोगिता आगामी माघ २३ गतेदेखि मू।लपानी क्रिकेट मैदानमा हुनेछ
फाइनलमा सुष्मा गोदावरीले दिएको ६३ रनको लक्ष्य आस्थाले ५. ४ ओभरमा तीन विकेट मात्र गुमाएर भेटायो। आस्थाका भुपाल दंगालले १२ बलमा सर्वाधिक ३२ रन बनाए। गोदावरीका नाजिर आलमले दुई विकेट लिए।
टस जितेर पहिला ब्याटिङ गरको सुष्मा गोदावरीले निर्धारित १० ओभरमा ६२ रन बनाउँदा सबै विकेट गुमाएको थियो। उसका नजिर आलमले सर्वाधिक २० र अन्जुल मेहताले १६ रन बनाए। प्लेयर अफ द फाइनल घोषित आस्थाका सौजन घिमिरेले सर्वाधिक तीन विकेट लिए।
छनोटको उपाधिसहित आस्थाले ५० हजार रुपैयाँ प्राप्त गर्यो। कोशी प्रदेश छनोट प्रतियोगितामा सुष्मा गोदावरीसहित कस्तुरी कलेज, आस्था कलेज, इटहरी नमुना, नवादीप एकेडेमी र मेरील्यान्ड कलेज सहभागी थिए।
यस अघि सम्पन्न बागमती प्रदेश छनोटबाट अर्किड कलेजले प्रतियोगितामा स्थान बनाइसकेको छ।