काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा नेपाललाई छैटौ सफलता मिलेको छ ।
दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीको मैदानमा नेपालले दिएको ११४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको युएईले छैटौ विकेट गुमाएको हो ।
नेपालका सन्दीप लामिछानेले विकेट लिए । उनले गुलाम सब्बीरलाई ३० रनमा आउट गरे । सन्दीपले यस ओभरमा मेडन विकेट लिएका हुन् । उनको यो व्यक्तिगत दोस्रो विकेट समेत हो ।
छैटौ विकेट गुमाएसंगै युएईले १८ ओभर सकिदा ६ विकेट गुमाएर ७३ रन जोडेको छ ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३३ ओभर ५ बलमा अलआउट हुँदै ११३ रन बनाएको थियो ।
खराब ब्याटिङ प्रदर्शन गरेको नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन जोडे । यस्तै आरिफ शेखले २५ रन जोड्दा कप्तान पारस खड्काले २० रन बनाए । सन्दीप लामिछाने १५ रनमा आउट भए ।
नेपाललाई सस्तैमा समेट्न युएईका मोहमद नाभिद र अमीर हायतले ३/३ विकेट लिए । यस्तै इमरान हेदरले २ विकेट लिए ।
नेपालले युएईसंग तीन खेलको एकदिवसीय र तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ । नेपालले दोस्रो एकदिवसीय शनिबार खेल्नेछ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय मान्यता पाएपछि नेपाल दोस्रो एकदिवसीय सिरिज खेल्न युएई पुगेको हो ।