बुधबार, कार्तिक २७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

अद्भुत ‘थ्रिलर’ टेस्ट

सोमबार, पुष १५, २०८१खेलपाटी संवाददाता
अद्भुत ‘थ्रिलर’ टेस्ट
Classic Tech Internet Ad

मेलबर्न। एक टेस्टमा कति पटक नतिजा परिवर्तन हुन सक्छ भनेर कुनै पनि समर्थक यो स्कोर कार्ड हेरेर मात्रै स्पष्ट हुनेवाला छैनन्। किनभने मेलबर्नमा भएको घरेलु टोली अस्ट्रेलिया र भारतबीचको चौथो टेस्ट कुनै ‘थ्रिलर’ भन्दा कम रहेन।

अस्ट्रेलियाले अन्तिम दिन १२.५ ओभर खेल बाँकी रहँदा सात विकेट झार्दै भारतलाई १५५ रनमै अलआउट गर्न सफल भयो। योसँगै अस्ट्रेलियाले १८४ रनको रोमाञ्चक जित हासिल मात्रै गरेन पाँच खेलको शृंखलामा २–१ को अग्रता लिन पनि सफल भयो।

‘यो साँच्चै अद्भुत टेस्ट खेल रह्यो,’ अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले भने। मेलबर्न क्रिकेट मैदानमा कीर्तिमानी संख्यामा उपस्थित दर्शकमा खेलिएको यस रोमाञ्चक प्रतिस्पर्धामा ६ विकेट र ९० रनको योगदान दिएर उनी ‘म्यान अफ द म्याच’समेत घोषित भए।

‘यो मेरो करियरको सर्वश्रेष्ठ खेलमध्ये एक रह्यो। यस साताको भीड अविश्वसनीय थियो र क्रिकेट पनि उत्तिकै उत्कृष्ट थियो,’ उनले भने। विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) को फाइनलमा दक्षिण अफ्रिकाको प्रतिद्वन्द्वी बन्न दुवै टोली यो टेस्ट जित्नै पर्ने दबाबमा थिए। अस्ट्रेलियाले दिएको ३४० रनको विशाल लक्ष्य पछ्याउने क्रममा ओपनर यशस्वी जयसवाल र ऋषभ पन्तले दोस्रो सत्रमा सहज ढंगले खेल्दै आफ्नो टोलीलाई ‘टी ब्रेक’ सम्म ११२–३ को स्थितिमा पु¥याएका थिए।

योसँगै चौथो टेस्ट बराबरीमा टुंगिने सम्भावना बलियो थियो। तर, ३० रन बनाएर खेलिरहेका ऋषभ पार्ट टाइम स्पिनर ट्राभिस हेडको बलमा छक्का प्रहार गर्न खोज्दा आउट भएपछि भारतको इनिङ एकाएक पतनको बाटोमा पुग्यो। योसँगै भारतले २०.३ ओभरभित्रै अन्तिम सात विकेट झरेर ३४ रन मात्रै थप्न सक्यो।

भारतका लागि सर्वाधिक रन बनाएका जयसवाल कमिन्सको बलमा ८४ रनमा आउट भए। कमिन्सले आफ्नो स्पेलमा ३–२८ को प्रभावशाली प्रदर्शन गरे। उता नाथन लायनले मोहम्मद सिराजलाई एलबिडब्ल्यु धरापमा पार्दै खेल सक्काए। यसपछि घरेलु टोलीका खेलाडीले उत्साहपूर्वक विजयोत्सव मनाए।

अस्ट्रेलियाका तीव्र बलर मिसेल स्टार्कका अनुसार अन्तिम सत्रमा टिमले यस्तो जित निस्कने अपेक्षा नै गरेको थिएन। ‘दिनभर पिचले सहयोग गरिरहेको थिएन। तर, हामीले उपाय लगायौं। अहिले हाम्रो विशेषता भनेकै धैर्यता र विश्वास हो, जसले हामीलाई सफलता दिलायो,’ उनले भने।

ऋषभ र जयसवालको ८८ रनको साझेदारी तोडिएपछि अस्ट्रेलियाली बलरलाई थप ऊर्जा मिल्यो। रवीन्द्र जडेजा पहिलो इनिङमा शतक प्रहार गरेका नीतिशसँगै दुई रनमा आउट भए। त्यसपछि कमिन्सले २३ वर्षीय जयसवाललाई विवादास्पद आउट गरे। एक हुक सटको प्रयासका क्रममा उनलाई ‘क्याच बिहाइन्ड’को अपिलमा सुरुमा नट आउट दिइएको थियो।

तर, बलको दिशा परिवर्तन भएको दृश्य प्रमाणका आधारमा टिभी अम्पायरले उक्त निर्णय उल्ट्याए। यद्यपि, ‘अल्ट्रा एज’को कुनै आवाज रेकर्ड भएकै थिएन। वासिङटन सुन्दर पाँच रनमा अविजित रहे पनि आकाश दीप र जसप्रीत बुमराहले भारतको उद्धार गर्न सकेनन्।

त्यसअघि कमिन्सले विपक्षी कप्तान रोहित शर्मालाई नौ र केएल राहुललाई शून्यमै आउट गरे। मिचेल स्टार्कले लन्चअघि अन्तिम बलमा विराट कोहलीलाई पाँच रनमा आउट गर्दै भारतलाई ३३–३ को संकटमा धकेलेका थिए।

‘पहिलो दुई सत्रमा राम्रो जग बसाऔं र अन्तिम दुई सत्रमा विकेट हातमा राखेर लक्ष्य पछ्याउने हाम्रो योजना थियो। तर, विपक्षीले उत्कृष्ट बलिङ गरे,’ अस्थिर लयमा रहेका रोहितले स्विकारे। दोस्रो इनिङ्समा नाथन लायन र स्कट बोल्यानबीच अन्तिम विकेटका लागि भएको ६१ रनको साझेदारीले भारतलाई ठूलो धक्का पु¥यायो। यो साझेदारी त्यसै बेला भयो जुन बेला बुमराहले उत्कृष्ट प्रदर्शन गर्दै अस्ट्रेलियालाई चौथो दिनको मध्यतिर ९१–६ को स्थितिमा झारिसकेका थिए।

मेलबर्न क्रिकेट मैदानमा सम्पन्न यस टेस्टमा पाँच दिनमा तीन लाख ७३ हजार ५९१ दर्शक उपस्थित भए। यो अस्ट्रेलियामा भएको कुनै पनि क्रिकेट खेलमा उपस्थित दर्शकको कीर्तिमानी संख्या हो। ‘हामीले कहिल्यै यस्तो अनुभव लिएका थिएनौं। दुई उत्कृष्ट टोलीले आपसमा प्रतिस्पर्धा ग¥यौं र खेलभरि उतारचढाव देखियो,’ अस्ट्रेलियाका हेडले भने, ‘यो मेरो करिअरकै सर्वश्रेष्ठ टेस्टमध्ये एक हो। पाँच दिन लामो संघर्षपछि जित्न सफल हुनु सुखद् अनुभूति हो।’

अब भारतले अन्तिम टेस्ट अस्ट्रेलियासँग सिड्नीमा खेल्नेछ। यो टेस्ट जित्यो भने पनि यो विश्व टेस्ट च्याम्पियनसिपमा भारतको ५५.२६ प्रतिशत अंक पुग्न सक्ने छ। तर, भारतलाई यही फाइनल पुग्न यो नतिजामात्रै काफी हुने छैन। श्रीलंकाले घरेलु मैदानमा अस्ट्रेलियालाई पनि हराउनुपर्नेछ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

Bajaj Pulsar Motorcycle Ad
ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

कर्णालीको सहज जित

कर्णालीको सहज जित

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो