काठमाडौं। एफसी खुमलटारले ललित स्मृति एन्फा यु–१९ युथ लिगमा खेलको लागि आवश्यक संख्यामा खेलाडी मैदान उतार्न नसकेपछि विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई विजेता घोषणा गरिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अपरान्ह्र १२ बजे खुमलटार र आर्मी भिड्ने तय थियो। तर, विपक्षीविरुद्ध उत्रिने खुमलटारका खेलाडी पूर्ण नभएपछि आर्मीलाई विजेता घोषणा गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो।
एन्फाका अनुसार क्लबले लिखित रूपमा खेल नखेल्ने जानकारी गराएको थियो। प्रतिस्पर्धा नियमअनुसार खेल आर्मीलाई स्वत: ३–० ले जिताइएको छ।