काठमाडौं। नापोलीले आफ्नो सिरी ‘ए’ उपाधि रक्षा गर्न गत सिजन तीन प्रशिक्षक परिवर्तन गरेको थियो। तर, त्यो व्यर्थ रह्यो। जित गरे पनि नापोली १०औं स्थानभन्दा माथि उक्लिन सकेन।
जुलाईमा एन्टोनियो कोन्टेलाई मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका थिए। त्यसको पाँच महिनापछि बल्ल उनले एटलान्टासँग अंक बराबरी गर्दै नापोलीलाई इटालियन लिगको शीर्ष स्थानमा पुर्याएका छन्।
सन् २०२४ को अन्तिम खेलमा आइतबार वैकल्पिक खेलाडी जियाकोमो रास्पाडोरीले ढिलो गरि गरेको गोलको मद्दतले नापोलीले रेलिगेसनको खतरा रहेको भेनेजियालाई १–० ले पराजित गरेको हो।
१८ खेलमा ४१ अंक जोडेको नापोली एटलान्टाभन्दा गोल अन्तरमा मात्र पछाडि छ। तर, दुवै टोली गत विजेता इन्टर मिलानभन्दा एक अंकले अगाडि छन्, जसले एक खेल बाँकी छ। शनिबार एटलान्टाले लाजियोसँग १–१ को बराबरी खेलेको थियो भने इन्टरले काग्लियारीलाई ३–० ले पराजित गर्यो।