पथरी। कानेपोखरी गाउँपालिका लेटाङमा जारी प्रथम अन्तरपालिका नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
प्रस्तावित बुद्ध रंगशालामा आइतबार सम्पन्न खेलमा बेलबारी नगरपालिकालाई ३-० ले पराजित गर्दै कानेपोखरी अन्तिम चारमा पुगेको हो। कानेपोखरीको जितमा अभि लिम्बूले दुई र सुरज लिम्बूले एक गोल गरे।
खेलको १५ र १९औं मिनेटमा अभिले गोल गरे। सुरजले ५७ औं मिनेटमा गोल गर्दै कानेपोखरीलाई सहज जित दिलाए।। विजयी टिमका कर्मा तामाङ म्यान अफ द म्याच घोषित भए।
सोमबार मिक्लाजुङ गाउँपालिका र पथरीशनिश्चरे नगरपालिका भिड्नेछन्। मोरङ जिल्ला भित्रका आठ पालिकाले प्रतियोगितामा सहभागिता जनाएका छन्। प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।