काठमाडौं। मेलबर्नमा जारी बक्सिङ डे टेस्टमा कमजोर प्रकाशका कारण तेस्रो दिनको खेल रोकिएको छ। अस्ट्रेलियाले पहिलो इनिङ्समा ४७४ रन बनाएको थियो।
भारतले भने नौ विकेट गुमाएर ३५८ रन बनाएको छ। यस अर्थमा भारत अझै ११६ रनले पछि छ। नितिशकुमार रेड्डीले शानदार शतक बनाएका छन्। उनी हाल १०५ रनमा अविजित छन्।
उनले १७६ बलको सामना गर्दै १० चौका र एक छक्का प्रहार गरेका छन्। मोहम्मद सिराज पनि दुई रनमा अविजित छन्।
रेड्डीलेको अन्तर्राष्ट्रिय करियरको पहिलो शतक हो। उनले टेस्टमा पहिलो पटक ५० भन्दा बढी रन बनाए र त्यो इनिङ्सलाई शतकमा परिणत गरे। योसँगै नितिश अस्ट्रेलियाी भूमिमा टेस्टमा शतक प्रहार गर्ने तेस्रो कान्छो भारतीय बनेका छन्।
उनीभन्दा अगाडि सचिन तेन्दुलकर र ऋषभ पन्तले यो उपलब्धी हासिल गरेका थिए। यो शतक नितिशका लागि पनि विशेष छ किनभने उनका पिता मुत्याला रेड्डी दर्शक दीर्घामा उपस्थित छन् र यो म्याच हेरिरहेका छन्। पिताको अगाडि शतक प्रहार गरेपछि नितिश पनि भावुक भएका थिए।