रूपन्देही। वडा नम्बर १ तिलोत्तमा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। पुल बी को खेलमा शुक्रबार वडा नम्बर ९ लाई १८ रनले पराजित गर्दै वडा नम्बर १ ले अघिल्लो चरणमा स्थान बनाएको हो।
वडा नम्बर १ ले दिएको १२६ रनको लक्ष्य पछ्याएको वडा नम्बर १ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०७ रन मात्रै बनाउन सक्यो।
वडा नम्बर ९ का बिप्रसन केसीले सर्वाधिक ४२ रन बनाए। ४४ बल खेलेका उनले तीन चौका र ती छक्का प्रहार गरे। निशान पाण्डे २१ रनमा अविजित रहँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
वडा नम्बर १ विपिन भट्टराईले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले १२ रन खर्चिए। सागर भट्टराई र विपन न्यौपानेको नाममा समान दुई तथा आषुतोष पाण्डे र प्रवेश सरुको नाममा समान एक विकेट रह्यो। खेलको म्यान अफ द म्याच विपिन भए। उनले एक हजार रुपैयाँ प्राप्त गरे।
त्यसअघि नवजीवन खेल मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको वडा नम्बर १ ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १२५ रन बनायो।
वडा नम्बर १ का अनिल खरेलले सर्वाधिक ३३ रन बनाए। ३२ बल खेलेका उनले पाँच चौका प्रहार गरे। प्रवेश २४, युवराज सेन २३ र विशाल १९ रनमा आउट हुँदा रोशन खरेल १२ रनमा अविजित रहे।
वडा नम्बर ९ का अर्जुन बस्याल, विपर्न केसी, कृष्ण पाण्डे, विपल्व केसी र सत्यम पाण्डेको नाममा समान एक विकेट रह्यो।