रूपन्देही। रामचन्द्र ढकालको सानदार बलिङसँगै वडा नम्बर ५ तिलोत्तमा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको खेलमा वडा नम्बर १४ माथि तीन रनको रोमाञ्चक जित निकाल्दै अन्तिम आठ मा प्रवेश गरेको हो।
वडा नम्बर ५ ले दिएको ९३ रनको लक्ष्य पछ्याएको वडा नम्बर १४ ले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ९० रन मात्रै बनाउन सक्यो। वडा नम्बर ५ लाई सस्तैमा समेट्न रामचन्द्रले सर्वाधिक तीन विकेट लिए। ३.३ ओभर बलिङ गरेका उनले २७ रन खर्चिए। तुलसीराम भण्डारी र निश्चल पोखरेलले समान दुई विकेट लिँदा गणेश पंगेनीको नाममा एक विकेट रह्यो।
वडा नम्बर १४ का मनिष थापामगर र दिपेश भण्डारीले मात्रै दोहोरो अंकमा रन बटुल्न सके। १६ बल खेलेका उनले ६ चौकासहित २७ रन बनाए। यस्तै, दिपेशले १० रनको योगदान दिए।
त्यसअघि नवजीवन खेलमैदानमा टस हारेर पहिला ब्याटिङ थालेको वडा नम्बर ५ ले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ९३ रन बनाएको थियो।
वडा नम्बर ५ का तुलसीरामले सर्वाधिक २० रन बनाए। २० बल खेलेका उनले एक चौका र एक छक्का प्रहार गरे। रोशन पाण्डे १९ र सुशान्त सुवेदीले १० रनको योगदान दिए।
वडा नम्बर १४ का श्रीकान्त केवतले सर्वाधिक चार विकेट दिए। चार ओभर बलिङ गरेका उनले ११ रन खर्चिए पनि टोलीलाई जित दिलाउन सकेनन्। दिपेशको नाममा तीन विकेट रह्यो।