काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले मेलबर्नमा जारी बक्सिङ डे टेस्टको पहिलो दिन भारतीय ब्याटर विराट कोहली म्याच फीको २० प्रतिशत जरिवाना लगाएको छ। योसँगै उनको अनुशासनात्मक रेकर्डमा एक डिमेरिट पोइन्ट थपिएको छ।
इनिङ्सको १० औं ओभरपछि कोहलीले जानीजानी अस्ट्रेलियाका वा ब्याटर साम कोन्स्टासलाई धकेल्न पुगेका थिए। अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले कोहलीले जानीजानी यस्तो गरेको आफूलाई लागेको टिप्पणी गरेका छन्।
आइसिसीका अनुसार जरिवाना अघि कोहलीलाई अनुशासनको कारबाहीबारे जानकारी गराइएको थियो।