काठमाडौं। अस्ट्रेलिया र भारतबीचको बोर्डर गावस्कर शृंखलाअन्तर्गत चौथो टेस्टलाई बक्सिङ डे टेस्टको रुपमा खेलाइने भएको छ। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ६ विकेट गुमाएर ३११ रन बनाएको छ। स्टम्पसम्म ६८ रन बनाएका स्टिभ स्मिथ र प्याट कमिन्स (आठ) क्रिजमा छन्।
उस्मान ख्वाजा (५७), साम कान्स्टास (६०) र मार्नस लाबुशेन (७२) पछि स्मिथले पनि अर्धशतक बनाएका हुन्। त्यस्तै, ट्राभिस हेडलाई भारतीय बलरले शून्यमा आउट गर्दै आफ्नो प्रदर्शन सुरु गरेका थिए। अस्ट्रेलियाका कप्तान कमिन्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए।
उस्मान ख्वाजा र साम कान्स्टासको जोडीले राम्रो सुरुआत गर्दै पहिलो विकेटका लागि ८९ रनको साझेदारी गरे। २०औं ओभरमा रविन्द्र जडेजाले कान्स्टासलाई एलबिडब्लु आउट गर्दै साझेदारी तोडे। कोन्स्टासले ६५ बलमा ६० रन बनाउँदै डेब्यु टेस्टमा ६ चौका र दुई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे।
यसपछि ब्याटिङ गर्न आएका लाबुशेनले उस्मानसँग दोस्रो विकेटका लागि ६५ रनको साझेदारी गरे। ४५औं ओभरमा जसप्रित बुमराहले उस्मानलाई केएल राहुलको हातबाट क्याच गराएर साझेदारी तोडे। उस्मानले १२१ बलमा ६ चौकासहित ५७ रन बनाए। त्यसपछि लाबुशेन (१४५ बलमा सात चौकासहित ७२ रन) कोहलीको हातबाट क्याच आउट भए।
भारतका लागि ठूलो खतरा साबित भएका ट्रेभिस हेडलाई बुमराहले खाता नखोली ७ बलमा बोल्ड गर्दै क्रिजमा पभिलियन फर्काए। मिचेल मार्स चार रन बनाएर बुमराहको शिकार बने भने आकाशदीपले एलेक्स क्यारीलाई ३१ रनमा पन्तको हातबाट क्याच आउट गराए।