रूपन्देही। वडा नम्बर १६ र २ तिलोत्तमा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। बुधबार भएको खेलमा वडा नम्बर १६ ले १० र २ ले ३ लाई सात विकेटले पराजित गरेका हुन्।
वडा नम्बर १० ले दिएको १३५ रनको लक्ष्य पछ्याएको वडा नम्बर १६ ले १८.१ ओभरमा तीन विकेट गुमाउँदै १३६ रन बनाउँदै जित हासिल ग¥यो। वडा नम्बर १६ को जितमा लोकबहादुर थापाले सवार्धिक ६३ रन बनाए।
६२ बल खेलेका उनले सात चौका र दुई छक्का प्रहार गरे। स्वतिक पराजुलीले १७ बलमा तीन चौकासहित २० रन बनाए। सम्भव कार्की १८, रामचन्द्र पाण्डे १४ र किशन भण्डारीले एक रनको योगदान दिए।
बलिङतर्फ मोहन चौधरी, अभिषेक खड्का र ओमप्रकाश चौधरीले समान एक विकेट लिए। खेलको म्याच अफ द म्याच लोकबहादुर भए। उनले एक हजार रूपैयाँ हात पारे।
त्यसअघि त्यसअघि नवजीवन मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको वडा नम्बर १० ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३४ रन बनाएको थियो।
वडा नम्बर १० का दिपक चौधरीले सर्वाधिक ६२ रन बनाए पनि जित दिलाउ सकेनन्। ५१ बल खेलेका उनले ट चौका र एक छक्का प्रहार गरे। ओमप्रकाशले ४० बलमा दुई चौकासहित २६ रन बनाउँदा गणेश यादव र गोविन्द सुनारी मगरले १० रनको योगदान दिए।
वडा नम्बर १६ का रामचन्द्र पाण्डे र सुवास भुषालले समान दुई विकेट लिए। पदम भण्डारीको नाममा एक विकेट रह्यो।
अर्काे खेलमा वडा नम्बर ३ ले दिएको १०१ रनको लक्ष्य पछ्याएको वडा २ ले १६.३ ओभरमा तीन विकेट गुमाउँदै १०४ रन बनाएको हो।
वडा २ को जितमा ओपनर आरस अर्याल र रुपेश बस्यालले समान २६ रन बनाए। रुपेश अविजित रहे। यस्तै, दिपक पाण्डेले अविजित रहँदै २१ रन बनाउँदा निश्चल कार्की आठ र हरि बरालले पाँच रनको योगदान दिए।
वडा नम्बर ३ का देव खनाल, आशिष श्रेष्ठ र गौरब ज्ञावलीले समान एक विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको वडा नम्बर ३ ले २० ओभरमा ९ विकेट गुमाउँदै १०० रन बनाएको थियो।
वडा नम्बर ३ का सरण रिसालले सर्वाधिक २७ रन बनाए। २३ बल खेलेका उनले चार चौका र एक छक्का प्रहार गरे। रोशन घिमिरे १६ र अभिनव अधिकारी १० रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। वडा नम्बर ३ लाई सस्तैमा समेट्न अभिनाश थापा, दिपक पाण्डे र तरुण बस्यालले समान दुई विकेट लिए। वसन्त खत्री र रुपेश बस्यालको नाममा समान एक विकेट रह्यो।
खेलको म्याच अफ द म्याच दिपेश भए। उनले एक हजार हात पारे।