काठमाडौं। बोर्डर–गावस्कर ट्रफी एक महत्त्वपूर्ण मोडमा पुगेको छ, जसले शृंखलाको आगामी दिशा निर्धारण गर्नेछ। भारत र अस्ट्रेलियाबीचको चौथो टेस्ट खेल मेलबर्नमा नेपाली समयअनुसार बिहान ५:१५ बजे सुरु हुनेछ। यो खेल दुबै टोलीका लागि निर्णायक महत्त्व राख्छ।
भारतले यो खेल गुमाएमा विश्व टेस्ट च्याम्पियनशिप (डब्ल्यूटीसी) को फाइनलमा स्थान सुरक्षित गर्न अन्य खेलको नतिजामा निर्भर रहनुपर्छ। अर्कोतर्फ, अस्ट्रेलियाले विजय प्राप्त गरेमा एक दशकपछि भारतविरुद्ध टेस्ट शृंखला जित्ने नजिक पुग्नेछ। यदि भारत विजयी भए उसले लगातार ट्रफी राख्ने मौका सुरक्षित गर्नेछ।
मेलबर्नमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ र खेलमा वर्षाको कारण रद्द हुने सम्भावना न्यून छ। यस मैदानमा पछिल्ला खेलको विश्लेषण गर्दा बराबरी हुने सम्भावना पनि कम देखिन्छ। गाब्बामा भएको पछिल्लो टेस्ट वर्षाका कारण खेल रद्द भएको थियो। त्यसपछि दुवै टोलीको तयारीमा सुधार देखिएको छ। अस्ट्रेलियाले जसप्रित बुमराहको बलिङलाई सामना गर्न आफ्नो ओपनिङ जोडी परिवर्तन गर्दै १९ वर्षीय साम कोन्स्टासलाई डेब्यु दिने निर्णय गरेको छ।
भारतीय टिम हाल चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। मुख्य प्रशिक्षक र खेलाडीबीचमा केही असहमति देखिएको छ। हालै पत्रकारसँग विराट कोहलीले मेलबर्न एयरपोर्टमा गरेको विवादले चर्चा पाएको छ। त्यस्तै, रविन्द्र जडेजाले पत्रकार सम्मेलनमा हिन्दी प्रश्न मात्र लिँदा आलोचना भइरहेको छ।
यद्यपि, भारतले मराहको बलिङलाई सुदृढ गर्न र माथिल्लो क्रमका ब्याट्सम्यानहरूबाट राम्रो प्रदर्शनको अपेक्षा गरिरहेको छ। विशेषत केएल राहुललाई निरन्तरता दिन आवश्यक हुनेछ।
अस्ट्रेलियाका उस्मान ख्वाजा हाल निराशाजनक लयमा देखाएका छन्। २०२४ मा २४.०७ को औसतमा ३३७ रन बनाएका उनलेकेवल एउटा अर्धशतक मात्रै प्रहार गरेका छन्। तथापि अस्ट्रेलिया ख्वाजालाई आफ्नो अनुभव र रन निर्माण क्षमतामा भरोसा गरिरहेको छ। उनले एससीजीमा आगामी शृंखला र एसेजसँग जोडिएका योजना तयार गरिरहेका छन्।
भारतका लागि कोहलीको प्रदर्शन पनि चर्चाको विषय बनेको छ। उनले यस शृंखलामा एक शतक बनाएर आफ्नो खडेरी तोडेका छन्। तर, निरन्तरताको अभाव देखिएको छ। विगतमा एमसीजीमा उल्लेखनीय प्रदर्शन गरेका कोहली यो खेलमा आफूलाई सिद्ध गर्ने दबाबमा छन्। यस महत्त्वपूर्ण टेस्ट नतिजासँगै दुवै टोलीको रणनीति, धैर्यता र भविष्यका योजना निर्धारण गर्नेछ।