काठमाडौं। चेल्सीका पूर्वमिडफिल्डर ओस्कार १४ वर्षपछि ब्राजिलियन क्लब साओ पाउलोमा पुनरागमन गर्दैछन्। साओ पाउलोका अध्यक्ष जुलियो कासारेसले मंगलबार आफ्नो सामाजिक सञ्जालमा ३३ वर्षीय ब्राजिली पूर्वअन्तर्राष्ट्रिय खेलाडीसँग उनको तस्बिर पोस्ट गरेका छन्। क्यासरेसले यस कदमलाई एक सुपर ट्रान्सफरको रूपमा वर्णन गरे।
त्यसको केही मिनेटपछि ओस्कारले चीनको सांघाई पोर्टलाई धन्यवाद दिए, जहाँ उनले आठ सिजन खेलेका थिए। उनले भने, आज म एउटा यस्तो चक्र पूरा गर्छु, जसले मेरो जीवनलाई सदाका लागि चिनायो। हामीले एकसाथ हासिल गरेका सबै कुराहरूका लागि म हृदयले कृतज्ञता र गर्वले भरिएको छु।
ओस्कार नि: शुल्क ट्रान्सफरमा साओ पाउलोमा अनुबन्ध भएका हुन्। ब्राजिलको क्लब र खेलाडी दुवैले सम्झौताको अवधि खुलाएका छैनन्। तर, स्थानीय सञ्चारमाध्यमका अनुसार उनले तीन वर्षका लागि सम्झौता गरेका हुन्। सन् २०१२ मा ओस्कार ब्राजिली क्लबबाट चेल्सीमा आबद्द भएका थिए। इङ्लिस क्लबबाट एक युरोपा लिग उपाधि र दुई प्रिमियर लिग ट्रफी जिते।
सन् २०१६–१७ मा चेल्सीको ७ करोड ३० लाख अमेरिकी डलर ट्रान्सफर शुल्क तिरेर ओस्कर साङ्घाईमा अनुबन्धित भएका थिए। उनले चीनमा तीन सुपर लिग उपाधि जितेका थिए र एसियामा समर्थकको मनपर्ने खेलाडी बनेका थिए।
ओस्कारले सन् २०१४ को विश्वकपमा ब्राजिलका लागि खेलेका थिए। उनले जर्मनीसँग सेमिफाइनलमा ७-१ को हारमा एक गोल गरेका थिए।