काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) संगको पहिलो एकदिवसीय क्रिकेटमा नेपालले खराब ब्याटिङलाई कायम राखेको छ ।
दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले नवौं विकेट गुमाएको हो । नेपालले २९ ओभर ६ बलमा नवौं विकेटको रुपमा आरिफ शेखलाई २५ रनमा गुमाएको हो । उनलाई मोहमद नाभिदले आउट गरे ।
यसअघि नेपालले कप्तान पारस खड्का, बसन्त रेग्मी, करण केसी, पवन सर्राफ, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, ओपनर विनोद भण्डारी र उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो ।
नेपालले ३० ओभरको खेल सकिदा ९ विकेट गुमाएर १०६ रन जोडेको छ ।
नेपालले युएईसंग तीन खेलको एकदिवसीय र तीन खेलको टी-ट्वान्टी सिरिज खेल्दैछ।