काठमाडौं। नेपाली राष्ट्रिय टोलीका ब्याटिङ अलराउन्डर कुशल मल्ललाई डेजर्ट भाइपर्सले युएईको टी-२० फ्रेञ्चाइज लिग आइएलटीको तेस्रो सिजनका लागि अनुबन्ध गरेको छ।
नेदरल्यान्ड्सका अलराउन्डर बास डे लिडेको स्थानमा भाइपर्समा सामेल हुन लागेका हुन्। २० वर्ष मात्रै भए पनि मल्लसँग अन्तर्राष्ट्रिय क्रिकेटमा निकै ठूलो अनुभव छ। बायाँ हाते ब्याट्सम्यान तथा स्पिन बलरले फेब्रुअरी २०२० मा अमेरिकाविरुद्ध १५ वर्ष ३४० दिनको उमेरमा आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए।
उनी जसले उक्त ढाँचामा खेल्ने आठौं कान्छो पुरुष खेलाडी हुन्। मल्ल टी-२० अन्तर्राष्ट्रिय मा नेपालका लागि पाँचौं सर्वाधिक रन बनाउने खेलाडी हुन्। उने ४७ खेलमा ९१७ रन बनाएका छन्।
सन् २०२३ को एसियाली खेलकुदमा मंगोलियाविरुद्ध उनले नटआउट १३७ रन बनाएका थिए। यो टी–२० को इतिहासमा पुरुषतर्फको तेस्रो नम्बरका ब्याट्सम्यानले बनाएको उच्चतम स्कोर हो ।