काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) संगको पहिलो एकदिवसीय क्रिकेटमा नेपालले खराब ब्याटिङलाई कायम राखेको छ ।
दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले २३ औ ओभरमा सातौ विकेट गुमाएको हो । नेपालले सातौ विकेटको रुपमा करण केसीलाई ३ रनमा गुमाएको हो । उनलाई अमीर हायतले आउट गरे ।
यसअघि नेपालले कप्तान पारस खड्का, पवन सर्राफ, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, ओपनर विनोद भण्डारी र उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो ।
नेपालले २४ ओभरको खेल सकिदा ७ विकेट गुमाएर ८० रन जोडेको छ ।
नेपालले युएईसंग तीन खेलको एकदिवसीय र तीन खेलको टी-ट्वान्टी सिरिज खेल्दैछ ।
लाइभ हेर्नुहोस् :