काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) संगको पहिलो एकदिवसीय क्रिकेटमा नेपालले खराब ब्याटिङलाई कायम राखेको छ ।
दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले २१ औ ओभरमा छैटौ विकेट गुमाएको हो । नेपालले छैटौ विकेटको रुपमा डेब्यु खेलाडी पवन सर्राफलाई ४ रनमा गुमाएको हो । उनलाई अमीर हायतले आउट गरे ।
यसअघि नेपालले कप्तान पारस खड्का, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, ओपनर विनोद भण्डारी र उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो ।
नेपालले २२ ओभरको खेल सकिदा ६ विकेट गुमाएर ७८ रन जोडेको छ ।
नेपालले युएईसंग तीन खेलको एकदिवसीय र तीन खेलको टी-ट्वान्टी सिरिज खेल्दैछ ।
लाइभ हेर्नुहोस् :