काठमाडौं। एसिसी महिला यु–१९ एसिया कपअन्तर्गत सुपर फोरबाटै बाहरिएको नेपाली टोली आइतबार स्वदेश फर्किने भएको छ। शुक्रबार भएको सुपर फोरको आफ्नो दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग नौ विकेट पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो।
नेपाली टोली अपरान्ह्र ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। नेपालले समूह ‘बी’ को उपविजेता तथा बंगलादेशले समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरको यात्रा तय गरेका थिए। नेपालले समूह ‘बी’ को उपविजेता र बंगलादेशले समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरमा स्थान बनाएका थिए। समूह चरणमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको नेपालले भारतसँग वर्षाका कारण अंक बाँडेको थियो।
सुपर फोरको पहिलो खेल वर्षाका कारण रद्द भएपछि नेपालले श्रीलंकासँग अंक बाँड्नुपरेको थियो।