काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) संगको पहिलो एकदिवसीय क्रिकेटमा नेपालले खराब ब्याटिङलाई कायम राखेको छ ।
दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले २० औ ओभरमा पाँचौ विकेट गुमाएको हो । नेपालले पाँचौ विकेटको रुपमा सोमपाल कामीलाई ३० रनमा गुमाएको हो । टिकेट खेलिरहेका सोमपाल इमरान हेदरको शिकार बने ।
यसअघि नेपालले कप्तान पारस खड्का, दिपेन्द्र सिंह ऐरी, ओपनर विनोद भण्डारी र उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो ।
नेपालले २१ ओभरको खेल सकिदा ५ विकेट गुमाएर ७५ रन जोडेको छ ।
नेपालले युएईसंग तीन खेलको एकदिवसीय र तीन खेलको टी-ट्वान्टी सिरिज खेल्दैछ ।