एजेन्सी । इङ्ल्याण्डका कप्तान ह्यारी केनले प्रिमियर लिग क्लब टोट्नह्यामसंग ६ बर्षको नयाँ सम्झौता गरेका छन् । पछिल्लो सम्झौतासंगै केन अब सन् २०२४ सम्मै टोट्नह्याममा बस्नेछन् ।
२४ बर्षिय स्ट्राईकरले गत सिजन प्रिमियर लिगमा ३० गोल गरेका थिए । सोही कारण टोट्नह्यामले तेस्रो स्थानमा रहदै लिगको अन्त्य गरेको थियो ।
सम्झौतासंगै प्रतिक्रिया दिएका केनले आफुले भविष्यतर्फ हेरिरहेको बताउदै विश्वकप अगाडी गरिएको सम्झौताले आफुलाई थप उत्साहित बनाएको उल्लेख गरे ।
टोट्नह्यामका प्रशिक्षक माउरिसो पोचिटिनोले समेत क्लबसंग ५ बर्षको नयाँ सम्झौतामा हस्ताक्षर गरेका थिए ।