जनकपुरका जिमी बने सर्वोत्कृष्ट खेलाडी
शनिबार, पुष ६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। जनकपुर बोल्ट्सका अलराउन्डर जिमी निसम नेपाल प्रिमियर लिग (एनपिएल) को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
जनकपुरलाई च्याम्पियन बनाउन उनले नौ इनिङ्समा एक अर्धशतकसहित २४७ रन बनाए। यस्तै, बलिङतर्फ उनले ९ इनिङ्समा सात विकेट लिए।














