काठमाडौं। सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपिएल) सर्वोत्कृष्ट खेलाडी (नेपाली) हुँदै कार पाएका छन्।
प्रतियोगितामा अलराउन्डर प्रर्दशन गरेको दीपेन्द्रले करिब ६२ लाख मूल्य पर्ने ओमोडा ‘इ’ फाइभ डिएलएक्स कार प्राप्त गरेका हुन्।नेपाल क्रिकेट संघ (क्यान), ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले संयुक्त रूपमा एपिएलमा उत्कृष्ट प्रदर्शन खेलाडीलाई कार प्रदान गर्ने निर्णय गरेका थिए।
उनकै दमदार प्रर्दशनमा सुदूर फाइनल पुग्ने पहिलो टोली बनेको थियो। प्रतियोगितामा दीपेन्द्रले २२७ रन प्रहार गरेका थिए भने ९ विकेट हात पारेका थिए।