काठमाडौं। नेपाल एसिसी महिला यु–१९ एसिया कपअन्तर्गत सुपर फोरबाटै बाहरिएको छ। शुक्रबार भएको सुपर फोरको आफ्नो दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग ९ विकेट पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।
नेपालले दिएको ५५ रनको लक्ष्य बंगलादेशले ९.५ ओभरमा एक विकेट गुमाउँदै पूरा गरेको हो। बंगलादेशका फहमिदा चोयाले अविजित रहँदै सर्वाधिक २६ रन बनाइन्। त्यस्तै, मोसाम्मत इभाले १८ रन बनाउँदा सुमैया अख्त सुबोर्णले १० रन जोडिन्। नेपालकी कुसुम गोदारले एक विकेट लिइन्।
मलेसियाको बायुमास ओभलमा वर्षा बाधक बनेपछि खेल नेपालले ११ ओभरमा ५८ रनको योगफल खडा गरेको थियो। नेपालकी ओपनर सावित्री धामीले सर्वाधिक ११ रन जोडिन्। उनीबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
नेपालले समूह ‘बी’ को उपविजेता तथा बंगलादेशले समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरको यात्रा तय गरेका थिए। नेपालले समूह ‘बी’ को उपविजेता र बंगलादेशले समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरमा स्थान बनाएका थिए। समूह चरणमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको नेपालले भारतसँग वर्षाका कारण अंक बाँडेको थियो। बंगलादेशले भने श्रीलंकालाई २८ रन र मलेसियालाई १२० रनको फराकिलो अन्तरले पराजित गर्दै समूह विजेता बनेको थियो।
सुपर फोरको पहिलो खेल वर्षाका कारण रद्द भएपछि नेपालले श्रीलंकासँग अंक बाँड्नुपरेको थियो। यता, बंगलादेशले भारतसँग आठ विकेटको पराजय बेहोर्यो।