काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) संगको पहिलो एकदिवसीय क्रिकेटमा नेपालले चौथो विकेट गुमाएको छ ।
दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले १२ औ ओभरमा चौथो विकेट गुमाएको हो । नेपालले चौथो विकेटको रुपमा दिपेन्द्र सिंह ऐरीलाई सुन्य रनमा गुमाएको हो ।
यसअघि नेपालले कप्तान पारस खड्का, ओपनर विनोद भण्डारी र उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो ।
नेपालले १३ ओभरको खेल सकिदा ४ विकेट गुमाएर ४८ रन जोडेको छ ।
नेपालले युएईसंग तीन खेलको एकदिवसीय र तीन खेलको टी-ट्वान्टी सिरिज खेल्दैछ ।