काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) संगको पहिलो एकदिवसीय क्रिकेटमा नेपालले तेस्रो विकेट गुमाएको छ ।
दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले ११ औ ओभरमा तेस्रो विकेट गुमाएको हो । नेपालले तेस्रो विकेटको रुपमा कप्तान पारस खड्कालाई २० रनमा गुमाएको हो ।
यसअघि नेपालले ओपनर विनोद भण्डारी र उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो । नेपालले १२ ओभरमा ३ विकेट गुमाएर ४४ रन जोडेको छ ।
नेपालले युएईसंग तीन खेलको एकदिवसीय र तीन खेलको टी-ट्वान्टी सिरिज खेल्दैछ ।