काठमाडौं। आइसिसीले सन् २०२५ को च्याम्पियन्स ट्रफीको गतिरोधमा अन्ततः सफलता हासिल गरेको छ, जसमा हाइब्रिड मोडेलमा सहमति भएको छ।
योसँगै आठ टोलीले सहभागिता जनाउने प्रतियोगितामा भारतका खेलहरू न्युट्रल भेन्यूमा हुनेछ। त्यसको बदलामा भारतले आयोजना गर्ने आइसिसीका प्रतियोगितामा पाकिस्तान र भारतबीचको खेल पनि न्युट्रल भेन्यूमा हुनेछ।
यो सम्झौता सन् २०२५ मा पाकिस्तानमा हुने पुरुष च्याम्पियन्स ट्रफी, सन् २०२५ मा भारतमा हुने महिला एकदिवसीय विश्वकप र सन् २०२६ मा भारत र श्रीलंकामा हुने पुरुष टी–२० विश्वकपमा पनि लागू हुनेछ।
न्युट्रल भेन्यूको प्रस्ताव आयोजक बोर्डले गर्नेछ र आइसिसीबाट स्वीकृत हुनु पर्नेछ।