काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) संगको पहिलो एकदिवसीय क्रिकेटमा नेपालले दोस्रो विकेट गुमाएको छ ।
दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले छैटौ ओभरमा दोस्रो विकेट गुमाएको हो । नेपालले दोस्रो विकेटको रुपमा ओपनर विनोद भण्डारीलाई ५ रनमा गुमाएको हो । विनोदलाई मोहमद नाभिदले आउट गरे ।
यसअघि पहिलो विकेटको रुपमा नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ललाई सुन्य रनमा गुमाएको थियो । अहिले क्रिजमा कप्तान पारस खड्का र सोमपाल कामी रहेका छन् । पारस १० र सोमपाल ३ रन जोडेर खेलिरहेका छन् ।
नेपालले युएईसंग तीन खेलको एकदिवसीय र तीन खेलको टी-ट्वान्टी सिरिज खेल्दैछ ।