काठमाडौं। सोहिल कुँवर र सन्तोष यादवको अर्धशतकसँगै नेपाली यु १९ टोलीले हङकङलाई २९८ रनको विशाल लक्ष्य दिएको छ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २९७ रन बनाएको हो।
नेपालका ओपनर सोहिलले सर्वाधिक ८१ रन बनाए। १०९ बल खेलेका उनले ९ चौका र एक छक्का प्रहार गरे। सन्तोष ६६ रनमा अविजित रहँदा दिलाश अलि ४१, अभिषेक तिवारी २६ र अर्पित पौडेलले ११ रन बनाए।