एजेन्सी । घरेलु भूमिमा हुने कोपा अमेरिका फुटबलमा ब्राजिल सहज समूहमा परेको छ । कोपा अमेरिका फुटबलले सार्वजनिक समूह विभाजन अनुसार ब्राजिल सहज मानिएको समूहमा परेको हो ।
नेयमार रहेको टिम ब्राजिल समूह 'ए' मा परेको छ । ब्राजिलको समूहमा बोलिभिया, भेनेजुएला र पेरु रहेका छन् ।
विश्व चर्चित स्ट्राइकर लियोनल मेस्सीको अर्जेन्टिना भने कठिन मानिएको समूह समूह 'बी' मा परेको छ । यस समूहमा कोलम्बिया,पराग्वे र आमन्त्रित टिम कतार रहेको छ ।
यस्तै समूह 'सी' मा साविकको विजेता चिली, उरुग्वे, इक्वेडर र आमन्त्रित टिम जापान रहेका छन् ।
ब्राजिलको विभिन्न पाँच सहरमा आयोजना हुने कोपा अमेरिकामा दुई आमन्त्रित टिमसहित १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता जुन १४ देखी जुलाई ७ सम्म हुनेछ । हरेक समूहको शीर्ष दुई र तेस्रो हुने उत्कृष्ट एक टोलीले क्वाटरफाइनलको यात्रा तय गर्नेछन् ।
ब्राजिलले पहिलो खेलमा जुन १४ मा बोलिभियाको सामना गर्नेछन् । यस्तै अर्जेन्टिनाले जुन १४ मा कोलम्बियाको सामना गर्नेछ ।