एजेन्सी । महिलामाथि अश्लीन टिप्पणी गर्ने भारतीय क्रिकेट टिमका अलराउण्डर हार्दिक पाण्डेया र ब्याट्सम्यान केएल राहुलको निलम्बन फुकुवा भएको छ । पछिल्लो निर्णयसंगै न्युजिल्याण्ड भ्रमणमा रहेको भारतीय टिमसंग पाण्डेया सहभागि हुन सक्नेछन् । प्रशासक समितिले दुवै खेलाडीको छानबिन जारी रहेको अवस्थामा निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।
राहुल र पाण्डेयाको बिषय भारतीय सर्वोच्च अदालतमा रहेको छ । लोकपाल नियुक्तिमा ढिलाई हुने देखिएपछि दुई भारतीय खेलाडीको निलम्बन अस्थायी रुपमा फुकुवा गरिएको हो ।
भारतीय क्रिकेट बोर्ड बीसीसीआईले भनेको छ, कुनैपनि क्रिकेट खेलाडीमाथि लागेको आरोपको बिषयमा जानकारी लिन लोकपाल आवश्यक छन् । तर लोकपाल नियुक्तिमा सर्वोच्च अदालतले ढिलाई गरेको छ । सोही कारण प्रशासक समितिले दुवै खेलाडीमाथि लगाएको अन्तरिम प्रतिबन्ध अहिलेलाई हटाईएको छ ।
विवाद उत्पन्न हुने वित्तिकै दुवै खेलाडीलाई अष्ट्रेलिया भ्रमणबाट फिर्ता बोलाईएको थियो ।
यसअघि बीसीसीआईका कार्यवहाक अध्यक्ष सीके खन्नाले प्रशासक समितिलाई दुवै खेलाडीमाथि लगाईएको निलम्बन फुकुवाका लागि आग्रह गरेका थिए ।