एजेन्सी । फ्रेन्च क्लब मोनाकोले मुख्य प्रशिक्षक थिएरी हेनरीलाई बर्खास्त गरेको छ । फ्रेन्च लिग र अन्य प्रतियोगितामा मोनाकोले लगातार खराब प्रदर्शन गरेपछि क्लबले हेनरीलाई ३ महिना नबित्दै बर्खास्त गरेको हो ।
मोनाकोले हेनरीलाई २० खेलपछि बर्खास्त गरेको हो । मोनाकोले लियोनार्दो जर्दिमलाई बर्खास्त गर्दै गत असोजमा हेनरीलाई क्लब जिम्मेवारी सुम्पिएको थियो । तर, मोनाकोले आफ्नो खराब लयलाई सुधार गर्न नसकेपछि क्लबले हेनरीलाई समेत हटाएको हो ।
आर्सनलका पुर्व स्ट्राईर हेनरीलाई माेनाकाेले सन् २०२१ सम्म मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । मोनाको आउनुअघि ४१ बर्षका फ्रेन्च खेलाडी हनेरीले बेल्जियमको राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको रुपमा काम गरेको थिए ।
हेनरीले मोनाकोबाटै आफ्नो व्यवसायीक फुटबल करियर अगाडी बढाएका थिए । उनकै सहयोगमा मोनाकोले सन् १९९७ मा लिग वानको उपाधि उचालेको थियो ।
यस सिजन भने मोनाको २१ खेलबाट १५ अंक जोडेर रेलिगेसन जोनमा रहेको छ ।